ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ

डिसी नेपाल
२७ असोज २०८३ १५:५८
8
Shares

काठमाडौं। भारतको दिल्ली प्रहरीले ‘ककरोच जनता पार्टी’का सहसंयोजक सौरभ दास र आशुतोष रांकालाई फेरि नियन्त्रणमा लिएको छ।

जन्तरमन्तरतर्फ अघि बढ्ने प्रयास गर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूसँगै पार्टीका अजिंक्य शिन्देसहित अन्य समर्थकलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

पार्टीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै पार्टीका समर्थकहरू राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गरिरहेको बताएका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै विरोध प्रदर्शन रोक्न नसकिने टिप्पणीसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *