भारतीय विदेशमन्त्री जयशंकर र गृहमन्त्री सुधन गुरुङबीच नयाँ दिल्लीमा भेटवार्ता

डिसी नेपाल
२८ असोज २०८३ १८:१२
4
Shares

काठमाडौं। भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटको तस्वीर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङसँग भेट्न पाउँदा खुसी लागेको व्यक्त गरेका छन्। उनले नेपाल र भारतबीचको द्विपक्षीय हित तथा पारस्परिक सहयोगका बहुआयामिक विषयमा छलफल भएको संकेत गरेका छन्।

बिम्स्टेक स्तरीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ काठमाडौंबाट नयाँ दिल्ली पुगेका हुन्। गृहमन्त्रीको कार्यभार सम्हालेपछिको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा क्षेत्रीय सुरक्षा, विपद् व्यवस्थापन तथा सीमा व्यवस्थापनसम्बन्धी सहकार्यका विषयमा छलफल भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *