परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेटवार्ता
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जे क्युङबीच भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत पार्कलाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटका क्रममा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment