मलेसियाको जेलमा रहेका चौधरीको ११ वर्षको कैद सजाय माफ
काठमाडौँ । मलेसियामा एक नेपालीको कैद सजाय माफ भएको छ । मलेसियाको मलाका राज्यको सरंगाई उडांगा जेलमा रहेका लहान,सिरहाका सुभेकलाल चौधरीको ११ वर्षको कैद कैद सजाय माफी भएको हो।
नेपाली दूतावास, क्वालालम्पुरका अनुसार चौधरी सन् २०१२ को अगष्ट १४ मा मलेसियामा पक्राउ परेका थिए।

चौधरीलाई सन् २०१५ को जनवरी २६ मा मलाका उच्च अदालतले मलेसियन पेनल कोडको दफा ३०४ (क) को अभियोगमा दोषी ठहर्याई १५ वर्षको जेल सजाय सुनाएको थियो।
उनी जेल परेको कारण भने दूतावासले खुलाएको छैन् । उनको रिहाइको लागि दूतावासले विशेष पहल गरेको जनाएको छ ।
४ वर्ष जेल जीवन बिताएका चौधरी मंगलबार नेपाल फिर्ता भएको दूतवासले निकालेको सूचनामा जनाइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment