एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीद्वारा विजयादशमीको शुभकामना

डिसी नेपाल
२९ असोज २०८३ ९:२५
12
Shares

दाेहा। विजयादशमी एवं बडादशैंको  अवसरमा गैरआवासीय नेपाली संघ (एएनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष श्रीकृष्ण पन्थीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा  शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष पन्थीले शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान् पर्व बडादशैंले आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, “हामी संसारको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै मातृभूमि नेपालको विकास र समृद्धिमा निरन्तर योगदान पुर्‍याउनुपर्छ।”

विशेष गरी कतारमा कार्यरत तथा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायबीच आपसी एकता, सहयोग र सहकार्यलाई अझ मजबुत बनाउँदै प्रवासमा रहेका नेपालीहरूको सुखदुःखमा साथ दिने साझा अभियानलाई थप सशक्त बनाएर लैजाने प्रतिबद्धतासमेत उनले दोहोर्‍याएका छन्।

अध्यक्ष पन्थीले सम्पूर्ण जिल्ला संस्थाका अध्यक्षहरू, पदाधिकारीहरू, सामाजिक अभियन्ताहरू, संघसंस्थाका प्रतिनिधिहरू तथा देश-विदेशमा रहेका दाजुभाइ र दिदीबहिनीहरू एवम् उनीहरूका परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश-

विजयादशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना

आदरणीय जिल्ला संस्थाका अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू, सामाजिक अभियन्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरू तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपालीहरूको महान् पर्व बडादशैँले हामीबीच आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना अझ सुदृढ बनाउँदै सुख, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको नयाँ ऊर्जा प्रदान गरोस्। हामी जहाँ रहे पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै मातृभूमि नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउन सकौँ।

कतारमा रहेका सम्पूर्ण नेपाली समुदायबीच आपसी एकता, सहयोग र सहकार्य अभिवृद्धि गर्दै प्रवासमा रहेका नेपालीहरूको सुखदुःखमा साथ दिने हाम्रो साझा अभियान अझ सशक्त बनोस् भन्ने कामना गर्दछु।

यस पावन अवसरमा यहाँहरू तथा यहाँहरूका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

श्रीकृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *