प्रवासमा रहेका नेपालीलाई कतार नेपाली एकता समाजका अध्यक्ष पराजुलीद्वारा बडादशैंको शुभकामना
दाेहा। कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुलीले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष पराजुलीले समाज र आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना सन्देश जारी गर्दै बडादसैँले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र नयाँ उत्साह लिएर आओस् भन्ने कामना गरेका छन्।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहिष्णुतालाई अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
विशेष गरी रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलेवार कामको सिलसिलामा जन्मभूमि र परिवारबाट टाढा परदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्झँदै उनले चाडपर्वमा परिवारसँग हुन नपाउँदाको पीडालाई आत्मसात् गर्दै सबैको जीवनमा खुसी र सकारात्मक ऊर्जा थपियोस् भन्ने कामना गरे।
“परदेशमा रहे पनि हाम्रो मन, भावना, संस्कृति र परम्परा सधैँ नेपालसँगै जोडिएका छन्,” उनले सन्देशमा उल्लेख गरेका छन्।
स्थापना कालदेखि नै कतार नेपाली एकता समाजले प्रवासी नेपाली श्रमिकहरूको हकहित, अधिकार, सामाजिक न्याय र आपसी सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आएको स्मरण गराउँदै अध्यक्ष पराजुलीले आगामी दिनमा पनि सम्पूर्ण नेपाली समुदायबीचको एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाइराख्ने प्रतिबद्धता जनाए।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको घरआँगनमा खुसी छाओस्, वैदेशिक रोजगारीमा रहेकाहरूको यात्रा सुरक्षित रहोस् र सबै परिवारमा सुख-समृद्धि कायम होस् भन्ने कामना गर्दै उनले एकता र सहकार्य नै प्रवासी नेपालीहरूको मुख्य पहिचान भएको बताएका छन्।
शुभकामना सन्देश
आदरणीय देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा कतार नेपाली एकता समाज र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपालीहरूको महान् पर्व बडादसैँले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र नयाँ उत्साह लिएर आओस्। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहिष्णुता अझ बलियो बनाओस् भन्ने कामना गर्दछु।
विशेषगरी रोजगारी, अध्ययन तथा विभिन्न उद्देश्यले आफ्नो जन्मभूमि र परिवारबाट टाढा रहेर परदेशमा पसिना बगाइरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस पावन अवसरमा विशेष सम्झना गर्न चाहन्छु। परदेशमा रहे पनि हाम्रो मन, भावना, संस्कृति र परम्परा सधैँ नेपालसँगै जोडिएका छन्। परिवारसँगै बसेर चाडपर्व मनाउन नपाउँदाको पीडा र अप्ठ्यारोलाई आत्मसात् गर्दै सबै नेपालीको जीवनमा खुसी, आशा र सकारात्मक ऊर्जा थपियोस् भन्ने हार्दिक कामना गर्दछु।
कतार नेपाली एकता समाजले स्थापना कालदेखि नै नेपाली श्रमिकहरूको हकहित, अधिकार, सामाजिक न्याय, आपसी एकता र सहयोगका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि सम्पूर्ण नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै दुःख–सुखमा एकअर्काको साथ दिने संस्कारलाई निरन्तरता दिनु हामी सबैको साझा जिम्मेवारी हो।
यस दसैँले परिवार, समाज र राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ बनाओस्। सबै नेपालीको घरआँगनमा खुसी छाओस्, विदेशमा रहनुभएका नेपालीहरूको यात्रा सुरक्षित रहोस्, रोजगारी र व्यवसायमा सफलता मिलोस् तथा हरेक परिवारमा सुख, शान्ति र समृद्धि कायम रहोस्।
अन्त्यमा, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पुनः एकपटक विजयादशमी, २०८३ को हार्दिक मंगलमय शुभकामना!
एकता नै हाम्रो शक्ति हो, सहकार्य नै हाम्रो पहिचान हो।
रामप्रसाद पराजुली
अध्यक्ष
कतार नेपाली एकता समाज ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment