बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा बालकका बाबु चन्द्र बुढाथोकी र उनकी श्रीमती घाइते भएका छन्। दुवै जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment