पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति

डिसी नेपाल
१ कार्तिक २०८३ १५:५९
8
Shares

काठमाडौं। पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबर ब्यूरोमार्फत पक्राउ गर्नु प्रेस र संविधान विरोधी कदम भएको जनाएको छ।

यस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम भएको महासंघको ठहर छ।

‘महासंघ प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर राज्यसत्ताको आडमा भएको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट कडा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरीले श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको थियो।

तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको हो। ‘छलफलका लागि बोलाएका हौं। अरु विषयमा बोल्ने फुर्सद छैन,’ अवस्थीले भने।

तर पत्रकार श्रेष्ठले भने आफूलाई समाचारकै विषयमा सोधपुछ गर्ने क्रममा प्रहरी आफ्नो घरमा आएको बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *