दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका, सडक खाली, पसल बन्द (तस्बिर)

डिसी नेपाल
२ कार्तिक २०८३ १४:०६
4
Shares

काठमाडाैं।दशैँ मनाउन उपत्यकाबाहिर जानेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै राजधानी काठमाडौँ उपत्यका सुनसान बन्न पुगेको छ। सधैँजसो तीव्र सवारीसाधनको चाप र मानिसहरूको बाक्लो चहलपहल रहने यहाँका मुख्य सडकहरू अहिले सप्पैतिर खाली देखिन थालेका छन्।

चाडपर्वको समय भएकाले अधिकांश पसल तथा व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द रहेका छन्। सामान्यतया अत्यधिक व्यस्त रहने काठमाडौँका सडकहरूमा अहिले फाट्टफुट्ट मात्रै सवारीसाधन गुडेको देखिन्छ भने बजार क्षेत्र पूर्ण रूपमा सुनसान बनेको छ।

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *