दशैंमा चम्किएको जमराको व्यापार: सडकपेटीमै ५०० रुपैयाँसम्ममा बिक्री

डिसी नेपाल
४ कार्तिक २०८३ ८:२९
12
Shares

काठमाडौं। घटस्थापनाका दिन घर-घरमा पूजा गरी उमारिने जमरा पछिल्लो समय काठमाडौं उपत्यकाका सडकपेटी र फुटपाथमा समेत सहजै किन्न पाइने अवस्था बनेको छ। विभिन्न बाध्यता वा कारणले घरमा जमरा राख्न नपाएका र नमिल्नेहरूका लागि किनेरै दशैँ मनाउने विकल्प बनेको छ।

विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शीरमा पहिरिने जमरा अहिले मौसमी आम्दानीको एउटा राम्रो माध्यम बनिरहेको छ। ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिर परिसर तथा आसपासका सडकपेटीमा जमरा खरिद-बिक्री गर्नेहरूको चहलपहल बाक्लो देखिन्छ।

इमाडोलमा जमरा बिक्री गर्दै आएकी सोना साहका अनुसार यो व्यवसाय निकै नाफामूलक रहेको छ। छोटो समयमै राम्रो आम्दानी गर्न सकिने भएकाले गत वर्षदेखि यस व्यवसायमा लागेको जानकारी उनले दिएकी छन्। अघिल्लो वर्षको तुलनामा यसपालि ग्राहकको संख्या र आम्दानी दुवै वृद्धि भएको भन्दै उनले एकै दिनमा १० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको बताइन्।

परम्परागत रूपमा घटस्थापनाका दिन घरकै पूजाकोठामा उमारिएको जमरा विजयादशमीका दिन काटेर टीकासँगै लगाउने चलन छ। तर पछिल्लो समय व्यस्तता र सुविधाका कारण टीकाअघि नै बजार र सडकपेटीमा जमरा बेच्न राखिने क्रम बढेको छ।

हाल काठमाडौँको जमल, इन्द्रचोक, असन तथा ललितपुरको मङ्गलबजार, लगनखेल र इमाडोललगायतका स्थानमा जमराको व्यापार फस्टाएको छ। साना मुठा, टपरी, माटोका भाँडा तथा प्लास्टिकका बट्टामा उमारिएका जमरा प्रतिमुठा ४० रुपैयाँदेखि ३५० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *