बागलुङ सेवा समाज कतारद्वारा परदेशमै विजयादशमी भव्यताका साथ सम्पन्न

डिसी नेपाल
५ कार्तिक २०८३ ११:०३
8
Shares

कतार।बागलुङ सेवा समाज कतारले नेपालीहरूको महान् पर्व बडादसैँको शुभ अवसरमा कतारमै भव्य रूपमा विजया दशमीको टीका तथा जमरा ग्रहण कार्यक्रम आयोजना गरी पर्व मनाएको छ।

समाजले परदेशको व्यस्त जीवनका बाबजुद टीका तथा जमरा लगाएर नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई निरन्तरता दिएको हो। रोजगारी तथा विभिन्न सिलसिलामा कतारमा बसोबास गर्दै आएका नेपालीहरूका लागि यस कार्यक्रमले आफ्नो घरदेशको संस्कृति र परम्परासँग जोडिने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

विदेशमा रहेर पनि नेपाली चाडपर्व तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याएको छ।

बागलुङ सेवा समाज कतारका सल्लाहकार निराज गौतमले परदेशमा यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासी नेपालीहरूलाई एकताबद्ध बनाउनुका साथै भाइचाराको भावना थप प्रगाढ बनाउन सहयोग पुर्‍याउने जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *