सिन्धुलीमा क्रसरको पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु
रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगका लागि बनाइएको पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ।
दशैँ मनाउन माइतीघर आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी नाबालिका छोरीको पोखरीमा डुबेर ज्यान गएको हो।
बिहीबार दिउँसो करिब २ बजे पोखरी नजिकै रहेका बेला बालिका खेल्दै गर्दा एक्कासि पोखरीमा खसेकी थिइन्। छोरी डुबेको खबर सँगै रहेकी साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवी पनि सोही पोखरीमा डुबेकी थिइन्। घटनामा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
दशैँको खुसीयाली मनाउन माइती आएकी चेली र नातिनीको एकैसाथ ज्यान गएपछि परिवार तथा सिङ्गो आपघारी गाउँ नै शोकमा डुबेको छ। घटनापछि सिन्धुली प्रहरीले क्रसर उद्योगका सञ्चालकहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment