असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु र ७८ घाइते
बागमती। मकवानपुर जिल्लामा असोज महिनाभित्र ५२ वटा सवारी दुर्घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार यस अवधिमा भएका दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।
दुर्घटनाका क्रममा प्रहरीले ५० जनाको उद्धार गरेको छ।
त्यसैगरी, असोज महिनामा सवारी नियम उल्लंघन गर्ने कूल ८५५ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। ती कारबाहीबाट रु आठ लाख ५५ हजार ५०० राजस्व सङ्कलन गरी दाखिला गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment