बाढी-पहिरोले देशका विभिन्न सडक अवरुद्ध: गोरखा र कर्णाली राजमार्गमा सास्ती

डिसी नेपाल
७ कार्तिक २०८३ ८:०८
20
Shares

काठमाडौं। देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोजस्ता विपद्का कारण मुख्य राजमार्ग तथा सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गण्डकी र कर्णाली प्रदेशका केही मुख्य सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्।

प्रहरीका अनुसार गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा गत असोज २५ गते बिहान गएको बाढीका कारण सडक सञ्जालमा ठूलो क्षति पुगेको छ। आरुघाट गाउँपालिका वडा नं. २, ३ र ९ स्थित नयाँपुल क्षेत्रमा बाढीले सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। उक्त खण्डको नयाँपुल क्षेत्रमा हाल साना सवारी साधन मात्र सञ्चालन हुन थालेका छन्।

यसैगरी, पहिरोका कारण कर्णाली राजमार्गसमेत प्रभावित बनेको छ। सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ स्थित औलिसेमा खसेको पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग हाल पन्छाएर एकतर्फी रूपमा मात्र सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *