सुनौलो धानले पहेंलपुर वीरेन्द्रनगर उपत्यका (तस्बिरहरू)

डिसी नेपाल
७ कार्तिक २०८३ ८:२२
4
Shares

सुर्खेत। चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ। उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेंलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ।

मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छिन्। वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला ढकमक्क पाकेका छन्। बाली भित्र्याउने समय नजिकिँदै गर्दा खेतबारीमा आशा, खुसी र मेहनतको मीठो प्रतिफल झल्किन थालेको छ। केही दिनभित्रै स्थानीय किसानहरू पाकेको धान भित्र्याउन व्यस्त हुनेछन्।

पहाडी हरियाली र खेतको सुनौलोपनबीच सजिएको वीरेन्द्रनगर उपत्यकाको यो मनोरम दृश्यले प्रकृतिको सुन्दरता मात्र नभई, कृषि र किसानको जीवनसँग जोडिएको समृद्धिको कथा पनि बोलिरहेको छ।

(तस्बिर: हेमन्त केसी, नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *