कैलालीमा चोरीका ५ मोबाइलसहित दुई जना पक्राउ
धनगढी। कैलालीको टीकापुरमा मोबाइल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न समयमा टीकापुर क्षेत्रका विभिन्न स्थानबाट मोबाइल चोरी भएका घटनाको अनुसन्धानका क्रममा ५ मोबाइलसहित २ जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मोबाइल चोरी भएपछि सम्बन्धित व्यक्तिहरूले प्रहरीमा दिएका निवेदनका आधारमा अनुसन्धान गर्दा टीकापुर नगरपालिका–१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र सोही ठाउँका १९ वर्षीय धिरेन्द्र शाही पक्राउ परेका छन्।
बरामद मोबाइल सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment