चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

डिसी नेपाल
८ कार्तिक २०८३ १९:०८
84
Shares

काठमाडौं। चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन्।

आइतबार दिउँसो कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। घाइतेमध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।

जिप चालक राप्ती नगरपालिका–१३ निवासी २६ वर्षीय रोशन प्रजा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *