१२ राशिको आजको राशिफल: कसको दिन शुभ, कसको चुनौतीपूर्ण?

डिसी नेपाल
९ कार्तिक २०८३ ६:१५
28
Shares

आजको ग्रहगोचर र पञ्चाङ्ग अनुसार मेषदेखि मीनसम्मका सबै १२ वटा राशिका लागि दिन कस्तो रहनेछ भन्ने

मेष राशिका लागि आजको दिन अनुकूल रहनेछ। विभिन्न क्षेत्रमा गरिएको लगानीबाट राम्रो नाफा आर्जन हुने योग छ। घरपरिवारका सदस्यभन्दा बाहिरका व्यक्तिबाट विशेष सम्मान पाइनेछ भने शिक्षा क्षेत्रमा सुधारका सकारात्मक संकेत देखिनेछन्। दाजुभाइ तथा बन्धुवान्धवबाट साथ र सहयोग मिल्नुका साथै प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।

वृष राशिका लागि आजको दिन सामान्य किसिमको छ। सञ्चित धन खर्च हुने सम्भावना रहेकाले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्नेछ। स्वास्थ्यप्रति लापरवाही गर्दा समस्या निम्तिन सक्छ। शिक्षा र राजनीतिमा गरिएको प्रयासले सफलता हासिल गर्नेछ भने आफ्ना गोप्य कुराहरू सुरक्षित राख्नु नै उचित हुनेछ।

मिथुन राशिका लागि आजको दिन अत्यन्त शुभ रहनेछ। आम्दानीमा बृद्धि हुनुका साथै साथीभाइको भरपूर साथ मिल्नेछ। स्वास्थ्य अवस्थामा सुधार आउनेछ भने शिक्षा क्षेत्रमा भने अझै बढी मिहिनेत गर्नुपर्ने आवश्यकता देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुने प्रबल योग रहेको छ।

कर्कट राशिका लागि दिन समग्रमा राम्रो छ। कृषिसँग सम्बन्धित व्यापार–व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ। यद्यपि, सम्पत्ति आर्जनको पछि मात्र लाग्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। दाम्पत्य जीवनमा केही खटपटी देखिए पनि साथीको साथ र सहयोग भने निरन्तर रहनेछ।

सिंह राशिका लागि आजको दिन सुखद् रहनेछ। मनमा उत्साह र उमङ्ग बढ्नेछ भने आफन्तको साथ र सहयोग प्राप्त हुने योग छ। आफूले गरेको श्रमको उचित मूल्य पाउनुका साथै शिक्षामा प्रगति हुनेछ। यसबाहेक जीवनमा आइपरेका विभिन्न संकटहरू टटेर जानेछन्।

कन्या राशिका लागि दिन राम्रो रहेको छ। ‘धनलक्ष्मी योग’ परेका कारण यसअघि गुम्न लागेको धन पुनः फिर्ता आउने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ भने शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्न थप मिहिनेत गर्नुपर्नेछ। यद्यपि, राजनीतिक क्षेत्रमा भने विपक्षीहरूको घेराबन्दीमा परिने खतरा छ।

तुला राशिका लागि आजको दिन अनुकूल रहनेछ। शुभग्रहहरूको बहुमत रहेका कारण आफूले सोचेका र आँटेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। राजनीतिक क्षेत्रमा गरिएको प्रयासले सार्थकता पाउनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनुका साथै निजी शिक्षामा गरिएको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

वृश्चिक राशिका लागि आज मनमा केही चिन्ता बढ्न सक्नेछ र दैनिक व्यवहारमा केही अवरोध आउन सक्छ। तथापि, स्वास्थ्य अवस्थामा भने सुधार आउनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसरहरू प्राप्त हुनेछन् भने परिवारमा आपसी मेलमिलाप बढ्ने र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु राशिका लागि दिन राम्रो र उत्साहप्रद छ। मन प्रसन्न रहनेछ भने समाजमा मान–सम्मान प्राप्त हुनेछ। गुरुजनको साथ र सहयोग प्राप्त गर्नका लागि थप नम्र बन्नुपर्ने आवश्यकता देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ भने परिवारका साथ कुनै सुखद् यात्राको योग रहेको छ।

मकर राशिका लागि यात्राका क्रममा विशेष सचेत बन्नुपर्ने दिन छ। नयाँ साथीसँगको भेटघाटले भविष्यका लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिलुका साथै प्रेम सम्बन्ध सुमधुर बन्नेछ र शिक्षामा गरिएको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ।

कुम्भ राशिका लागि आजको दिन शुभ फलदायी छ। विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने सुवर्ण अवसर जुरेको छ। विपक्षी ठानेका व्यक्तिहरूसँग पनि सहकार्यको वातावरण बन्नेछ भने व्यापार–व्यवसायमा ठूलो लगानी गर्ने हिम्मत गर्नु लाभदायक हुनेछ।

मीन राशिका लागि आम्दानी बढ्ने प्रबल योग रहेको छ। सानासाना कुराले पनि मनमा ठूलो खुसी ल्याउनेछ। शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंको ग्रहगोचर बलवान् रहेकाले नयाँ ठाउँबाट रोजगारीको आकर्षक प्रस्ताव आउने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *