झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किँदा आगलागी, एक जना घाइते
झापा। झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ। आइतबार साँझ भएको घटनामा टिफर चालक घाइते भएका छन्।
आइतबार साँझ करिब ७: ३० बजे कम्पनी परिसरमा रहेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा अचानक ट्याङ्की पड्किएर आगलागी भएको हो। उक्त ट्याङ्कीमा करिब ९ हजार ५०० लिटर हल्का डिजेल भण्डारण गरिएको थियो।
आगलागीमा परी प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरका चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment