कोजाग्रत पूर्णिमा मेलाका अवसरमा स्याङ्जाको बिरुवा गाउँपालिकामा सार्वजनिक बिदा
स्याङ्जा। कोजाग्रत पूर्णिमाका अवसरमा लाग्ने पूर्णिमा मेलालाई मध्यनजर गर्दै स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार (कात्तिक ९ गते) स्थानीय सार्वजनिक बिदा दिएको छ।
पालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मानिने मनकामना मन्दिरमा लाग्ने मेलाको अवसरमा गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्था तथा बैंक एवं वित्तीय संस्थाहरूमा बिदा दिइएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिएका छन्।
गाउँपालिकाद्वारा गत असोज ३० गते जारी सूचनामार्फत यससम्बन्धी जानकारी गराइएको थियो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment