गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण

डिसी नेपाल
९ कार्तिक २०८३ १६:१८
8
Shares

काठमाडौं। बेलायतमा बसोबास गर्दै आएका दुई गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्री हस्तान्तरण गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामग्री परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्।

सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्रीले सरकारको अनुसन्धान तथा डीएनए परीक्षण गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघका प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *