एनपीएल तेस्रो संस्करण: उद्घाटन खेलमा लुम्बिनी लायन्सद्वारा टस जितेर पहिले बलिङ गर्ने निर्णय
काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको पहिलो उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।
गत सिजनको फाइनलको पुनरावृत्ति मानिएको यो रोमान्चक उद्घाटन खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् भने दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले औपचारिक रूपमा उद्घाटन गर्ने यस महाकुम्भको पहिलो भिडन्तमा दुवै टिम विजयी शुरुआत गर्ने दाउमा छन्।




No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment