पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन्। चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर उनी फर्किएकी हुन्।
स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘भ्रमण निकै फलदायी रह्यो। यो औपचारिक भ्रमणभन्दा पनि ‘ग्लोबल गभर्नेन्स फोरम’को सम्मेलन भएकाले म त्यसैमा भाग लिन गएकी हुँ। मैले त्यहाँ राख्नुपर्ने आफ्ना धारणाहरू राखिसकेकी छु।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment