६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ६८ किलोभन्दा बढी परिमाणका चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भारतको बिहार रक्सौल निवासी १९ वर्षीय अमन सर्राफलाई अवैध रूपमा ल्याइएको चाँदीका गहनासहित पक्राउ गरिएको हो।
कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सर्राफको साथबाट ६८ किलो २४४ दशमलव २४ ग्राम चाँदीका गरगहना बरामद गरिएको छ। उनलाई गत सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. ७ क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको सूचना अधिकारी कार्कीले जानकारी दिएका छन्।

No ads found for this position



डिसी नेपाल
Facebook Comment