कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने

डिसी नेपाल
१२ कार्तिक २०८३ १०:१६
20
Shares

काठमाडौं। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग भएर गुड्ने सवारीसाधनसँग टोल शुल्क (दस्तुर) उठाउने भएको छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णयअनुसार आयोजनाले आज सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन प्रक्रिया सुरु गर्न लागिएको जनाएको हो।

यसअघि सरकारले २०८२ चैत २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा-नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको क्षमता र वर्गअनुसार छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको थियो।

राजपत्रमा प्रकाशित दररेटअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ बुझाउनुपर्नेछ।

त्यस्तै, मिनीबस र मिनी टिपर वा ट्रकका लागि काठमाडौं भित्रिँदा १२५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ। बस र सिङ्गल रियर एक्सल भएका ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० रुपैयाँ शुल्क कायम गरिएको छ।

यसैगरी, मल्टिएक्सल ट्रक, ठूला भारी उपकरण तथा अन्य ठूला सवारीसाधनको हकमा काठमाडौँ भित्रिँदा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

गत साउन ११ गते उद्घाटन भएको यो सुरुङमार्गमा हालसम्म परीक्षणका रूपमा मात्र सवारीसाधन सञ्चालन गरिँदै आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *