राजनीतिक भेटघाटमा रवि लामिछाने: प्रधानमन्त्री बालेनपछि सभामुख अर्यालसँग भेट

डिसी नेपाल
१२ कार्तिक २०८३ १७:५५
216
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्ला राजनीतिक घटनाक्रम र शक्ति सन्तुलनका बिच उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले बिहीबार दिउँसो सभामुख डोलप्रसाद अर्याललाई भेटेका हुन्।

सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा दुई नेताबीच करिब आधा घण्टा संवाद भएको सभामुखका सचिवालयका प्रतिनिधिहरूले जानकारी दिएका छन्। यसअघि बुधबार लामिछाने र प्रधानमन्त्री बालेन शाहबिच प्रधानमन्त्री निवासमा करिब पाँच घण्टा लामो सघन वार्ता भएको थियो।

उक्त लामो बैठकमा सरकारको कामकारबाहीको समीक्षा, अध्यादेश ल्याउने तयारी, रास्वपाका सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरण तथा हालै चर्चामा आएको ‘इनम सापकोटा कनेक्सन’ लगायतका संवेदनशील विषयमा विस्तृत छलफल भएको बताइएको छ।

बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासँग प्रहरी महानिरीक्षक दानबहादुर कार्की र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सम्पर्क तथा आर्थिक लेनदेनबारे बाहिरिएका विवरणलाई लिएर सरकारले परामर्श गरिरहेको छ।

यस्तो गम्भीर परिस्थितिमा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीसँग पाँच घण्टा लामो वार्ता लगत्तै सभामुखसँग भेटघाट गर्नुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *