सुदूरपश्चिम र विराटनगरबीचको खेल ५-५ ओभरको हुने

डिसी नेपाल
१४ कार्तिक २०८३ १९:२४
24
Shares

काठमाडौं। जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको दोस्रो खेल ५-५ ओभरको हुने भएको छ।

बर्षापछि मैदान समयमा खेल्न योग्य नभएपछि ओभर घटाएर खेलाउन लागिएको हो। जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ।

यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *