दाङको देउखुरीका ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

डिसी नेपाल
१५ कार्तिक २०८३ १९:२०
8
Shares

दाङ।  दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन दलित परिवारले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समितिद्वारा आयोजित एक कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन्।

गाउँपालिका अध्यक्ष पोखरेलका अनुसार गढवा गाउँपालिका-३ (साविक गोवरडिया-६ ‘ख’) का पाँच, लमही नगरपालिका-३ (साविक सोनपुर-५ ‘क’) का दुई र राप्ती गाउँपालिका-१ (साविक लालमाटिया-३) का एक गरी आठ परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।

लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएपछि खुसी व्यक्त गर्दै कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारको लक्ष्यअनुसार भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण प्रक्रियालाई थप तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *