एलपी ग्यास उद्योगहरू एकापसमा गाभिने, निगमले उद्योगहरूलाई माग्यो कार्ययोजना

डिसी नेपाल
१६ कार्तिक २०८३ १३:२९
12
Shares

काठमाडौं।  नेपाल आयल निगमले बजारमा सञ्चालित एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने (मर्जर) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउनुका साथै उपभोक्ता हित प्रवर्द्धन गर्ने उद्देश्यले निगमले विभिन्न नाम र ब्रान्डमा रहेका उद्योगहरूलाई एकापसमा गाभ्ने नीति लिएको हो।

निगमले हाल सञ्चालनमा रहेका सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै मर्जरका लागि स्पष्ट कार्ययोजना  बनाई प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

हाल देशभर ५० भन्दा बढी एलपी ग्यास उद्योगहरू सञ्चालनमा रहेका छन्। धेरै ब्रान्ड र फरक-फरक सिलिन्डरका कारण बजारमा सिलिन्डर साटासाट (स्वैपिङ), सुरक्षा मापदण्ड पालना र गुणस्तर नियन्त्रणमा विभिन्न चुनौतीहरू देखिँदै आएका थिए।

ग्यास उद्योगहरू एकापसमा गाभिएपछि सञ्चालन खर्च घट्ने, प्राविधिक तथा सुरक्षा मापदण्ड थप कडा बनाउन सहज हुने र उपभोक्ताले सहजरूपमा गुणस्तरीय ग्यास पाउने निगमको अपेक्षा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *