फ्रान्समा महँगी र असमानता विरुद्धको प्रदर्शनपछि हिंसा: करिब ८०० जना हिरासतमा
काठमाडौं । फ्रान्समा जीवनयापनको बढ्दो लागत (महँगी) र आर्थिक असमानताको विरोधमा देशव्यापी रूपमा आयोजित प्रदर्शनहरू हिंसात्मक बन्दा प्रहरीले सयौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।
फ्रान्सेली गृह मन्त्रालयले दिएको जानकारी अनुसार, देशका विभिन्न सहरहरूमा आयोजित प्रदर्शनमा लाखौँ नागरिकले सहभागिता जनाएका थिए। अधिकांश स्थानमा प्रदर्शनहरू शान्तिपूर्ण रहे पनि केही क्षेत्रमा झडप र हिंसात्मक गतिविधिहरू भएपछि सुरक्षाकर्मीले करिब ८०० जनालाई हिरासतमा लिएका छन्।
फ्रान्समा निरन्तर तेस्रो साता पनि ठूला सहरहरूमा व्यापक प्रदर्शनहरू भइरहेका छन्। यसअघिका साताहरूमा झैँ यस पटक पनि हजारौँको सङ्ख्यामा उत्रिएका प्रदर्शनकारीहरूले सरकारको आर्थिक नीति र बढ्दो मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment