नेप्सेमा ३२.६५ अंकको गिरावट, ६ अर्ब १८ करोडको कारोबार
काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेर रोकिएको छ।
आज ३४० कम्पनिका एक करोड ६८ लाख ५८ हजार ५९४ कित्ता शेयर ६ अर्ब १८ करोड ७८ लाख ८४ हजार ६२४ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १३.५८ प्रतिशतले बढेको छ भने मकर जितु माया सुरी हाइड्रोको शेयर ८.७७ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सानिमा लार्ज क्याप फण्डको शेयर ४.८६ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३७ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको २९ करोड ४२ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment