रुकुम पश्चिममा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
१६ कार्तिक २०८३ १८:३९
8
Shares

रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार बिहान खलङ्गाबाट सिम्ली जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको रा.४ प १५२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गोविन्द वि.क. र पछाडि सवार काशीराम वि.क. घाइते भएका थिए। घाइतेमध्ये काशीरामको उपचारका क्रममा दिउँसो १: ४५ बजे चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले जिप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिनुका साथै दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *