भारतका नवनियुक्त राजदूत दलेला कार्यभार सम्हाल आइपुगे काठमाडौं
काठमाडौं। नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
जलेलालाई भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि भारत सरकारले नयाँ राजदूत नियुक्त गरेको हो।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन्। उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment