सरकारका प्रवक्ता भन्छन्- पत्रकार पक्राउबारे प्रहरीले अनुमति लिएको थिएन
काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारहरूलाई पक्राउ गरेको विषयमा सरकारले आफ्नो कुनै संलग्नता नभएको र अनविज्ञता रहेको प्रष्टीकरण दिएको छ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा उक्त घटना सरकारको अनुमति वा निर्देशनमा नभएको दाबी गर्नुभएको छ।
प्रवक्ता पोखरेलका अनुसार भ्रामक र संवेदनशील सूचना चुहावट भएको विषयमा बुझ्नका लागि प्रहरीले आन्तरिक रूपमा सो कदम चालेको सरकारको बुझाइ रहेको छ। प्रहरीले सञ्चारगृहमा पुगेर पत्रकारहरूमाथि धरपकड गर्न सरकारबाट कुनै अनुमति नलिएको र सरकारका तर्फबाट त्यस्तो कुनै निर्देशन नदिइएको उनले प्रस्ट पारे।
पत्रकार पक्राउ परेको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूलाई तुरुन्त रिहा गर्न निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी गराए। प्रधानमन्त्रीले प्रहरी प्रमुखको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने चर्चालाई पूर्ण रूपमा भ्रामक र आधारहीन भन्दै प्रवक्ता पोखरेलले प्रहरीले केवल आन्तरिक रूपमा सामान्य जाँचबुझ र सल्लाहका लागि मात्र उक्त कार्य गरेको र यसमा सरकार तथा प्रधानमन्त्रीलाई पूर्वजानकारी नरहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment