ट्रम्पद्वारा आगामी दुई वर्ष आफ्नो शक्ति सीमित रहने सङ्केत, ‘भिटो’ लेखिएको टोपीको तस्बिर पोस्ट
काठमाडौं । राष्ट्रपति ट्रम्पले आगामी दुई वर्ष आफ्नो शक्ति सीमित रहने कुरा अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन्। संसद्का दुवै सदनमा डेमोक्र्याट्सको नियन्त्रण कायम भएसँगै उनीहरूले ट्रम्पका योजना तथा निर्णयहरूलाई चुनौती दिन सक्नेछन्।
यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमा रातो रङ्गको एउटा टोपीको तस्बिर पोस्ट गरेका छन्, जसमा ‘भिटो’ लेखिएको छ। भिटोको अर्थ राष्ट्रपतिले कुनै पनि विधेयकलाई कानुन बन्नबाट रोक्नु वा अस्वीकार गर्नु हो।
यद्यपि, संसद्का दुवै सदनमा दुई-तिहाइ बहुमत पुगेको खण्डमा सांसदहरूले राष्ट्रपतिको भिटो अधिकारलाई खारेज गर्न सक्छन्। तर डेमोक्र्याट्ससँग त्यति ठूलो बहुमत नभएकाले ट्रम्पसँग उनीहरूका विधेयकहरू रोक्ने अधिकार भने सुरक्षित रहनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment