लगातार दोस्रो दिन पनि मन्त्रिपरिषद्‌ बैठक बस्दै

डिसी नेपाल
१८ कार्तिक २०८३ १२:५८

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक डाकिएको हो। मंगलबार हिजाे पनि  मन्त्रिपरिषद्को बैठक बसेको थियो।

यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका नीतिगत निर्णयहरू तथा केही महत्त्वपूर्ण अध्यादेशलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

मंगलबार बसेकाेबैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने  निर्णय गरेको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *