प्रदेश प्रमुखसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस

डिसी नेपाल
१८ कार्तिक २०८३ १६:४०

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष थारु आयोगको आर्थिक वर्ष २०८२÷८३ को आठौँ वार्षिक प्रतिवेदन आयोगका सदस्य भोलाराम चौधरीले पेस गरेका छन्।

वुधबार प्रतिवेदन बुझ्दै प्रमुख खापुङले नेपालको संविधान अनुसार गठन भएको थारु आयोगले तयार पारेको वार्षिक प्रतिवेदनले असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले समाजमा विद्यमान अन्याय, अच्याचार र अन्धविश्वासलाई हटाउन आयोगको प्रतिवेदन कोशेढुङ्गा सावित हुने भन्दै समुत्रत र समृद्ध राष्ट्र निर्माणमा आयोगको भूमिका अझ फराकिलो बनोस् शुभकामना दिए।

आयोगका सदस्य चौधरीले समावेशी, लोकतन्त्र र सामाजिक न्यायको माध्यमबाट थारु भाषा, संस्कृतिको संरक्षण हुनुपर्ने भन्दै थारु समुदायले मान्दै आएको ‘ग्रामथान’ संस्कृतिको संरक्षणमा जोड दिए।

उनले थारुहरुको मौलिक सम्पदाको रुपमा रहेको ‘ग्रामथान’ संस्कृतिसँगै थारु जातिको उत्थान, सीप विकास, भाषाको सशक्तिकरण हुनु पर्ने माग राखे।

नेपालका कुल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत अर्थात १८ लाख सात हजार १२४ थारु समुदायका छन्। कोशी प्रदेशमा कुल दुई लाख नौ हजार १९ थारु जाति छन्। जसमा थारु जातिको बसोबास सुनसरी,मोरङ, झापा र उदपुरमा रहेको आयोगका सदस्य चौधरीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *