ठूलो हारपछि ट्रम्पको प्रतिक्रिया: ‘आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्नेछु’

डिसी नेपाल
१९ कार्तिक २०८३ १२:२०

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारका लागि उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई मुख्य कारण बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया आएको छ।

इरान युद्ध हारको कारण बनेको हो ? भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मेरो विचारमा यो कुरा निकै हदसम्म सत्य हो, किनकि यसका कारण केही समयका लागि पेट्रोलको मूल्य थोरै बढेको थियो। तर त्यसका बाबजुद, यदि मैले पुनः त्यसो गर्नुपरेमा म फेरि गर्नेछु। किनभने दीर्घकालीन दृष्टिकोणले यो नै एकमात्र बाटो हो।’

‘तपाईं इरानलाई आणविक हतियार हासिल गर्न दिन सक्नुहुन्न। तपाईंसँग अरू कुनै विकल्प नै छैन। मलाई लागेको थियो कि तेलको मूल्य यसभन्दा अझ धेरै बढ्नेछ र मैले यही आधारमा यो निर्णय लिएको थिएँ। तपाईंसँग कुनै विकल्प छैन, तपाईंले यो गर्नैपर्छ।’

‘तपाईं इरानलाई आणविक हतियार हासिल गर्न दिन सक्नुहुन्न। अन्यथा आज तपाईंले यहाँ जे जति देखिरहनुभएको छ, हुन सक्छ कुनै दिन त्यसको अस्तित्व नै नरहन सक्छ।’

नयाँ राजनीतिक परिस्थितिका सम्बन्धमा बोल्दै उनले भने, ‘डेमोक्र्याट्सहरूले अवरोध सिर्जना गर्ने प्रयास नगरेसम्म म उनीहरूसँग मिलेर काम गर्नेछु। तर हामीसँग भिटोको शक्ति छ। यद्यपि, उनीहरूले पहिल्यै फोन गरिसकेका छन् र केही मुद्दाहरूमा कुराकानी गर्न चाहन्छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *