सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेसले सशक्त प्रतिवाद गर्छ: महामन्त्री उदयशमशेर राणा

डिसी नेपाल
१९ कार्तिक २०८३ १४:०१

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाविरुद्ध सरकारले कुनै पनि प्रतिशोधपूर्ण वा अनुचित कदम चाले कांग्रेसले टुलुटुलु हेरेर नबस्ने र त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री राणाले सरकारले राजनीतिक पूर्वाग्रह राखेर सभापति थापामाथि धरपकड वा पक्राउको प्रयास गर्न खोजे पार्टी चुप लागेर नबस्ने प्रष्ट पारे।

बिचौलिया भनिएकाहरूको बयान वा कृत्रिम आधार देखाएर सभापति थापालाई फसाउने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले त्यस्ता गैरकानुनी र स्वेच्छाचारी हरकतहरू सह्य नहुने बताए।

सरकारको यस्तो तानाशाही र प्रतिशोधपूर्ण व्यवहारविरुद्ध डटेर मुकाबिला गर्न उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई तयार रहन आह्वानसमेत गरे।

पछिल्लो राजनीतिक घटनाक्रम र विभिन्न प्रकरणमा सरकारले चालेका शंकास्पद कदमहरूप्रति लक्षित गर्दै महामन्त्री राणाले न्यायपालिका र राजनीतिक नेतृत्वमाथि भइरहेको हस्तक्षेपकै कारण मुलुकमा अस्थिरता बढ्दै गएको आरोप लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *