एनपीएलः लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

डिसी नेपाल
१९ कार्तिक २०८३ १४:१९

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी १४औँ खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामु १५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो। लुम्बिनीको इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने निरोशन डिकवेल्लाले २७ रन र दिलीप नाथले २५ रनको योगदान दिए।

ओपनर आसिफ शेख २१ रनमा आउट भए भने अन्तिम समयमा रुबेन ट्रम्पेलम्याने ८ बलमा १५ रन जोडेका थिए। पहिलो ओभरको पहिलो बलमै डार्सी शर्ट शून्य रनमा आउट भएपछि दबाबमा परेको लुम्बिनीले सम्हालिएर १४९ रनको योगफल खडा गर्‍यो।

जनकपुर बोल्ट्सका बलरहरूमध्ये विशाल सुशलिंग र राहुल यादवले समान २-२ विकेट लिए। यस्तै बिशालसँगै ललित राजबंशी, हरमीत सिंह र अभिषेक तिवारीले १-१ विकेट हात पारे। अब १५० रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले केही समयमा आफ्नो जवाफी ब्याटिङ सुरु गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *