मंसिर ११ गते रिलिज हुने ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक

डिसी नेपाल
२० कार्तिक २०८३ १४:२५

काठमाडौं । सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ । भिडियो गोपाल रायाले छायांकन गरेका छन् ।

गीतको बाँसुरीमा रत्न बिक, सारंगीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितार पुरुस्कार खड्काले बजाएका छन् । गीतको संगीत उत्पादन विशम आचार्यले गरेका हुन् मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को मुम्बइ) ले गरेका छन् ।

कुमार गजुरेलको निर्देशनमा मंसिर ११ गते प्रदर्शन हुनेछ । सिनेमाको कुमार गजुरेलको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन् ।

सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

संकल्प भुजेलको छायांकन रहेको सिनेमा तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकनमा बनेको छ । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *