पर्यटन बोर्डको सीईओ पदका लागि १६ जनाको संक्षिप्त सूची सार्वजनिक

डिसी नेपाल
२० कार्तिक २०८३ १५:४७

काठमाडौं। नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि आवेदन दिएका मध्ये १६ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

आज सार्वजनिक सूची अनुसार सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा, टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, राम चन्द्र सेढाईं, रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ , श्री प्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेश सिंह बुडाल र हिकमत सिंह ऐर रहेका छन्।

सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा प्रस्तुतीकरणका लागि बोलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *