एनपीएलः पोखराको लगातार चौथो हार, प्लेअफको सम्भावना न्यून
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ।
जितका लागि पाएको१५२ रनको लक्ष्य पछ्याएको पोखरा१९ ओभरमा १२१ रनमा समेटियो।
उसका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन।
चितवनका रिजन ढकालले ४,कमलसिंह ऐरीले ३ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ बनायो।
पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले ३७,रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे।
पोखराका कप्तान चमिका करूणत्ने,कुशल भुर्तेल र विपीन खत्रीले २र२ विकेट लिए।
लगातार चौथो हार व्यहोरेको पोखराको प्लेअफ सम्भावना न्यून छ। पोखराले बाँकी रहेका ३ खेल जितेपनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
चार खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा पुगेको छ।
आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment