‘छ माया छपक्कै’को विशेष शोमा माधवकुमारदेखि रवीसम्म

डिसी नेपाल
३० असोज २०७६ १०:०२

काठमाडौं। बम्पर ब्यापार गरिरहेको दीपकराज गिरी र दीपाश्री निरौला टीमको फिल्म ‘छ माया छपक्कै’को बुधबार साँझ राजधानीको जय नेपाल हलमा विशेष शो आयोजना गरिएको छ।

विशेष शोमा नेतादेखि कलाकार तथा सञ्चारकर्मीले फिल्म हेरेका थिए। फिल्म हेर्नका लागि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वली लगायत जय नेपाल हल पुगेका थिए। पूर्व प्रधानसेनापति रुक्मांगल कटुवालले पनि विशेष शोमा पुगेर फिल्म हेरे।

त्यस्तै चर्चित सञ्चारकर्मी रवी लामिछाने हल पुगेका थिए। कलाकारहरुमा भुवन केसी, करिष्मा मानन्धर, किरण केसी लगायत फिल्म यूनिट हल पुगेका थिए।

हलबाट निस्किएपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेतादेखि कलाकारहरुले फिल्म राम्रो बनेको बताए। फिल्मले उठाएको विषय, निर्देशक, कलाकार लगायत सम्पूर्ण पक्ष राम्रो लागेको अधिकांशले बताए। धेरैले केदार घिमिरेको अभिनय सबैभन्दा मन परेको बताएका थिए।  राजनीतिज्ञलाई फिल्मले राम्रो सन्देश दिने समेत अधिकांशको भनाई थियो।

विशेष शोमा दीपक, दीपाका साथमा फिल्मका निर्देशक दीपेन्द्र लामा, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, रमा थपलिया लगायत उपस्थित थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *