बेलु थापाको संयोजकत्वमा अन्तरराष्ट्रिय गलकोट समाज गठन

डिसी नेपाल
३० असोज २०७६ ११:२८

बागलुङ । देशविदेशमा छरिएका गलकोटवासी सङ्गठित भएका छन् । हालै काठमाडौँमा भएको एक भेलाले बेलु थापाको संयोजकत्वमा अन्तरराष्ट्रिय गलकोट समाज गठन गरेको हो ।

समाजको सदस्यसचिवमा मेघ केसी चुनिनुभएको छ । नेपालका आठ स्थान र १८ विदेशी मुलुकमा रहेका गलकोट समाजका अध्यक्ष पदेन सदस्य रहेका छन् ।

मातृ समाजको रुपमा विसं २०५९ मा गलकोट समाज बागलुङ गठन भएको थियो । विदेशमा पहिलोपटक विसं २०६३ मा गलकोट समाज जापान स्थापना भएको थियो । हाल अष्ट्रेलिया, बेलायतलगायतका मुलुकमा गलकोट समाज विस्तार भइसकेको छ । अमेरिकामा समाज गठनको तयारी भइरहेको छ ।

नेपालमा पनि पोखरा, काठमाडौँ, बुटवल, चितवन, नवलपरासीलगायतका ठाउँमा गलकोट समाज क्रियाशील छ । बागलुङको गलकोटबाट देशविदेशका विभिन्न ठाउँमा पुगेका व्यक्तिहरु गलकोट समाजमा आवद्ध हुने गरेका छन् ।

सामाजिक विकास र मानवीय सेवाका क्षेत्रमा समाज सक्रिय छ । विभिन्न देशमा रहेका गलकोट समाजबीच सञ्जाल निर्माण र समन्वयका लागि अन्तरराष्ट्रिय समाज गठन गरिएको संयोजक थापाले बताए ।

दुई वर्षअघि समाजको लगानीमा रामेछाम जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनसमेत पुनःनिर्माण भएको थियो । समाजले प्राकृतिक प्रकोपका घटनामा राहत कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *