गैरआवासीय नेपाली संघको मतदान सकियो
काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि बिहीबार मतदान सम्पन्न भएको छ। बुधबार राती विद्युतीय मतदान मेशिनबाट मतदान गर्ने तयारी भए पनि मेशिनले काम नगरेपछि बिहीबार बिहान १० बजेदेखि कागजको मतपत्रमाफर्त मतदान फेरि गरिएको थियो।
विभिन्न ४१ पदका लागि दुई समूहका ७४ जनाले उम्मेदवार दिएका छन्।
२ हजार ८ सय ५४ मतदाता मध्ये २ हजार ३ सय ४१ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ। बिहीबारै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ। संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा भएको छ।
दुई समूहले समूह नै बनाएर उम्मेदवारी दिएका थिए।
संघलाई राजनीतिक दलबाट टाण राख्ने भनिए पनि आचार्य काँग्रेस निकट र पन्त नेकपा निकट भएर चुनावी प्रतिस्पर्धामा होमिएपछि यो पटकदेखि एनआरएनएमा राजनीतिकरण भएको भन्दै प्रतिनिधिहरुले व्यापक विरोध जनाएका छन्।
यो पटकको विश्व सम्मेलन अव्यवस्थित भएपछि एनआरएनहरुकै प्रतिष्ठामाथि सामाजिक सञ्जालमा व्यापाक आलोचना भइरहेको छ।
प्रतिनिधिहरुले विमानस्थल र सम्मेलन स्थल होटल ह्यातमा देखाएको व्यवहारले एनआरएनमाथि आलोचना भएको हो। बुधबार प्रतिनिधिहरुले होटलमा तोडफोडसमेत गरेका थिए भने विमानस्थलमा एक प्रतिनिधिले पनि तोडफोड गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment