आफ्ना दाजुसहित २१ कार्यकर्ता पक्राउ परेपछि विप्लवले दिए कडा चेतावनी
काठमाडौं। बैठक गरिरहेको अवस्थामा सरकारले आफ्नो नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै विप्लव समूहले आपत्ति जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफूहरु जनताको अधिकार र देशको स्वाधीनताको पक्षमा उभिएको दाबी गर्दै यो यात्रामा हिँड्दा अवरोध गर्न खोजे ठीक नहुने उनको चेतावनी दिएका छन्।
राजनीतिक प्रशिक्षण भैरहेको ठाउँबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु सामाजिक फासीवादी कार्य भएको भन्दै विप्लवले सरकारको कडा निन्दा गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तामाथि भएको सरकारी दमनको कडा प्रतिरोध गर्ने पनि उनको चेतावनी छ ।
उनले आफूहरुको वैज्ञानिक समाजवादमा पुग्ने यात्रामा कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्,‘जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भैरहनेछ।’

No ads found for this position



डिसी नेपाल
Facebook Comment