‘लभ यु हमेशा’को ट्रेलर सार्वजनिक
काठमाडौं। त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ।
कात्र्तिक २२ गतेदेखि देशभर र त्यसको एकसाताअघि अर्थात १५ कार्तिकमा भारतमा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भाष्कर प्रधानले लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा यशराज गराच, फिजा योञ्जन, ऋचा थापा, शिशिर राणा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ।
धर्मा क्रियशनको ब्यानरमा भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका विभिन्न स्थानमा यो फिल्मको छायांकन गरिएको हो। फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment