फिल्म ‘बादशाह जुट’को गीत सार्वजनिक

डिसी नेपाल
२ कार्तिक २०७६ १३:१९

काठमाडौँ । कार्तिक १५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ।

यसअघि प्रियंका कार्की फिचर्ड गीत सार्वजनिक गरेको टिमले शुक्रबार ‘सुसाइड गर्छु कि क्या हो मायामा’बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो।

फिल्मका निर्देशक जोनी सिंह राणाको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको गीतमा संगीतकार कोशिस र रुपक डोटेलको स्वर छ। गीतको भिडियोको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्।

यस गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइशा रावत फिचर्ड छन्। चार कलाकारको प्रेमलाई गीतमा झल्काइएको छ। आफूलाई बादशाह सम्झने दुई युवाको कथामा यो फिल्म बनेको छ। फिल्ममा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)को लगानी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *