अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
२ कार्तिक २०७६ १५:१९

मुम्बइ। बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो चार दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको हो ।

नियमित चेकअप भन्दै उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई लिन पत्नी जया र छोरा अभिषेक पुगेका थिए ।

यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्त जानकारी अझै बाहिर आएको छैन । अहिले अमिताभको स्वास्थ्य अवस्था ठीक रहेको बताइएपनि अस्पतालले कुनै नोटिस जारी गरेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *